लोकसेवा पाठ्यक्रम पून संरचना आवश्यक
लोकसेवा आयोग र निजामति सेवा नेपालको अधिकतम आकर्षणको क्षेत्र बन्दै गइरहेको अवस्था रहँदारहँदै पनि निजामति कर्मचारीको कार्यसम्पादनमा अपेक्षाकृत सुधार हुन नसकेको विभिन्न प्रतिवेदन र सेवाग्राहीको प्रतिक्रियाले वताइरहेको छ । राज्यका विविध क्षेत्रहरुमा पून संरचना भैसकेको भएपनि हालसम्म निजामति सेवाको कार्यात्मक स्वरुपमा खासै परिवर्तन आउन सकेको छैन । समस्या समाधान, अग्रसरता र नव प्रवर्तन झन दुर दुर हुँदै गइरहेको कारण लोकसेवा आयोगले निजामति सेवाका लागि योग्यता र पाठ्यक्रममा व्यापक परिवर्तन गर्नु आवश्यक देखिन्छ । सिद्धान्त भन्दा कार्यान्वयन, असल अभ्यासहरु, समस्या समाधान र प्रभावकारी सेवा प्रवाहका मौलिक तरीकाहरु, प्रचलित कानुन कार्यान्वयनको अवस्था र प्रभावकारी कार्यान्वयनका लागि पदीय तरीका, भूमिका, सीमा र मार्गदर्शन प्राप्त हुने, देशभक्ति र सदाचारिता प्रवर्द्धन गर्ने खालका पाठ्यक्रममा जोड दिनु पर्दछ । पाठ्यक्रमले कम्तिमा हालको अवस्था, पुग्न खोजेको गन्तव्य, वाधा अवरोधहरु र सुधारमा व्यक्तिगत र सामूहिक भूमिका, प्रयास र योगदान के कस्ता रहन सक्ने हाे, स्पष्ट पार्नु पर्दछ । शासकीय मूल्य र मर्यादा कायम राख्ने गरी पाठ्यक्रम दुरदर्शी हुन जरुरी छ । अरु देशहरुको अधिक नक्कल गरिएका पाठ्यक्रमले छनौटमा योगदान त गरेकै छ तर मानव श्रोतको उपयोगमा खासै ध्यान पुगेको अवस्था छैन ।। साथै नयाँ संविधान पछिका घटनाक्रमहरुसंग पाठ्यक्रमलार्इ आवद्ध गराउन जरुरी देखिन्छ । निजी विचार ।।।