निजामति सेवामा थप योग्यता आवश्यक
धेरै साथीहरु जागिर खाने र सरल जिन्दगी जिउने चाहनाका साथ लोकसेवा आयोगको तयारी कक्षा लिइरहनु भएको छ । राजनीतिक परिवर्तन र मुख्य नीतिगत समस्या समाधान भएको र अव राज्यले जनतालाइ अनुभूत हुने गरी काम गर्नुपर्ने, कुनैै पनि कारणबाट उन्मुाक्ति नपाउने अवस्थामा विकास र समृद्धि कर्मचारीको भूमिकामा वढी भर पर्ने अवस्था छ । त्यसैले निजामति सेवा प्रतिको विगत देखिका तुष र गालीगलोज समेत पचाउन सक्ने, रिसका बिचमा हाँस्न सक्ने, सधैं सकरात्मक, देशभक्त र जनसेवी बन्न सक्ने, संसारिक रमिताबाट माथि उठेर योगदान गर्न सक्ने अठोट समेत सार्वजनिक सेवा प्रवेशको अत्यावश्यक विषय भइ सकेको छ ।। कठीन भन्दा कठीन अवस्थामा सहजै जिउने सपथ खाएर लोकसेवा तयारी गर्नुहोला ।। नत्र पछि राम्रो सपना देख्दा देख्दै झल्यास्स ब्युँझिए झैं नहोला भन्न सकिन्न ।