नेपालको तरार्इ क्षेत्रको परिचय दिर्इ आर्थिक विकासमा यस क्षेत्रको योगदानको चर्चा गर्नुहोस ।



नेपालको तराई प्रदेशको परिचय दिंदै यसले देशको आर्थिक विकासमा पु¥याएको योगदान बारे चर्चा गर्नुहोस् ।तराई प्रदेशको परिचय
      –   नेपालको सबै भन्दा सानो तर सबै भन्दा धेरै जनसंख्या बस्ने प्रदेश हो ।
      –   नेपालको दक्षिणी भागमा अवस्थित तीनतिरबाट भारतले घेरिएको छ ।
      –   तातो हावापानी पाइने र वर्षा धेरै हुने क्षेत्र हो ।
      –   पांगो मलिलो माटोका कारण धेरै थरीका खाद्यान्न उत्पादन हुने अन्न भन्डार हो ।
      –   समथर भूमागका कारण पूर्वाधार तथा औद्योगिक विकासमा सहजता छ ।
      –   हिमाली र पहाडी क्ष्ग्ेत्रबाट बसाइ सरी जानेका कारण बढ्दो जनसंख्या रहेको छ ।
      –   बढ्दो सामाजिक–संस्कृतिक अन्तरघुलन र भारतीय संस्कृतिको प्र उच्च छ ।
      –   प्रसिद्ध धार्मिक क्षेत्रमा लुम्बिनी र जनकपुरधाम पर्दछन् ।
      –   चितवन राष्ट्रिय निकुञ्ज, मिथिला र थारु संस्कृति पर्यटकका मुख्य आकर्षण हुन् ।
देशको आर्थिक विकासमा तराई क्षेत्रको योगदान
      –   तराई प्रदेशले मुख्य खाद्यवाली र नगदेवाली उत्पादन गर्दछ ।
      –   चिनी, कपास तथा जुट उद्योगलाई कच्च पदार्थ उपलब्ध गराउ“दछ ।
      –   काठजन्य निर्माण सामाग्री प्रदान गर्दछ ।
      –   पूर्वाधार तथा औद्योगिक विकासमा लागत न्युनीकरण गर्छ ।
      –   मलिलो माटोका कारण कृषिको उत्पादकत्व उच्च छ ।

      –   भारतसंगको सीमानाका कारण ब्यापार ब्यवसाय फस्टाएको छ ।
      –   उच्च राजश्व संकलन हुन्छ ।
      –   सुगमता र सेवासुविधाको उपलब्धताका साथै रोजगारीको अवसर छ ।
      –   राजमार्ग वरपर सहजै शहरीकरण बढेको छ ।

      –   साना साना शहरहरुको विकास भएको छ ।