दिपावली/यमपञ्चक अर्थात तिहारको महत्व
दिपावली अर्थात तिहारको महत्व
नेपालमा हिन्दु परम्परा अनुसार वडा दशै पछिको ठुलो पर्वको रुपमा यमपञ्लाचकलाई लिइन्छ । तिहार दशैको १५ दिनपछि आउने रमाइलो पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाईटिकासम्म पाँच दिन मनाइन्छ । हिन्दु धर्मावलम्बीहरुले दीपावली गरि धुमधाम मनाउछन । यस पर्वको नाम हिन्दी शब्दको त्योहार शब्दबाट विकसित हुँदै तिहार बनेको अनुमान गरिएको पाइन्छ । दीपावली अनि दियाली नामले चिनिनुका साथै तिहारको सम्बन्धमा हिन्दु धर्मशास्त्रमा पौराणिक कथाहरु पाइन्छन ।प्राचिन कालमा सुर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरि बहिनीका घरमा गर्इ रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा शिन्दु शास्त्रमा समेत उल्लेख गरिएको पाइन्छ । यसरी रहँदा बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भर्इ यमराजले बहिनी यमुनालाई जे मन लाग्छ वर माग भन्दा यमुनाले हरेक वर्ष आजका दिन मलाई भेट्न आउनुपर्ने साथै दिदिभाई दाजुबहिनीको प्रेम सदा अटल रहोस र दाजुभाईको आयु किर्ति सदा वृद्धि होस भन्ने वरदान मागिन । यमराजले पनि तथास्तु भन्दै मनसा बाचा कर्मणा र शुद्ध चित्तले यस प्रकार संग भातृ पुजा गर्ने गराउनेहरुको सदा उन्नति हुने तथा किर्ति पनि फिजिने वर दिई आफ्नी बहिनीसंग बिदा भई गएको र यसरी प्राचिन कालदेखि अहिलेसम्म अविछिन्न रुपले यो परम्परा मानिदै आएको छ ।यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशिका दिन काग पुजा गरिन्छ । काग अत्यन्तै चलाख पंक्षी हो । काग सर्वभक्क्षी भएका कारण अन्नवालीमा लाग्ने किरा फट्याङग्राहरु खाइदिने साथै कागलाई यमराजका सन्देश सुनाउने यम दुतको रुपमा पनि दिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त भएको कारण र काकवली काकगवेषण काकन्याय भएकोले काग तिहार मनाउने चलन रहँदै आएको छ ।यम पञ्चकको दास्रो दिन कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई यमदुतको रुपमा लिइन्छ । कुकुर यमराजको प्रिय भक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक अपराध गर्ने अपराधीहरु पत्ता लगाउने, अध्ययन अनुसन्धान गर्ने घरको रेखदेख चोर डाँकाबाट बचाउने, कुनै प्राकृतिक प्रकोप दैवि विपत्ति हुने वेलामा पूर्व सुचना दिने कारणले गर्दा, कुकुरलाई भैरवको बाहान मानिनुका कारणहरुले गर्दा कुकुरलाई मिठो खानेकुरा खुवाई माला लगाई पुजा गर्ने चलन रहँदै आएको छ ।यम पञ्चकको तेस्रो दिन गाई तिहार अनि लक्ष्मी पुजामा हिन्दु धार्मिक संस्कार अनुसार गाईको गोबरले घर आगनमा लिप पोत गर्ने गाईको गहुँत छर्कने गरिन्छ । गाईलाई हिन्दुहरु लक्ष्मी गौमाताका रुपमा मान्दछन । गाईजात्रा गाईपाला, गाईप्राणी, गौप्राणी अनेक गाईमा आधारित अर्थप्रदान गर्छ । कार्तिक औंसिको रातलाई अत्यन्त अ“ध्यारो रातको रुपमा लिइन्छ । यो अन्धाकारलाई उज्यालोले ढकमन्न बनाउन आलोकित पार्न घरघरमा झिलिमिलि बत्ति बाली लक्ष्मीको आह्वान गरिन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानिन्छ । भगवान रामचन्द्रले लोक कल्याणको भावनाले रामणादी विविध असुरहरुको नास गरेपछि कार्तिक औंसिको दिन अयोध्याका राजाका रुपमा राज्यारोहण गरेको खुसियालीमा अयोध्याबासीले दीपावली गरेको पाइनुका साथै यमराज यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाहकहाँ बसेका कारण मृत्यु हुने कुनै मानिसले नरक देख्न नपर्ने खुसियाली मनाउँदै घरघरमा बत्ति बाली पुजा आजा अर्चना गरि घरको सम्पूर्ण बासस्थान घर गोठ भन्डारमा स्वस्तिक चिन्ह अंकित गर्नु, शुभलाभ लेख्नु उत्तम मानिन्छ । यसरी गाई तथा लक्ष्मीको पुजा गरिन्छ ।त्यसैगरि देउसी भैलो खेल्ने चलन । एक जना बली भन्ने राजा पृथ्वीमा राज्य गर्थे । उनी अति नै दानी थिए । प्रत्येक दिन दान नगरि उनि केहि खाँदैनथे । त्यसै प्रचलन अनुसार केही दान लिनु दिनु पर्छ भन्ने प्रचलनबाट अहिलेसम्म देउसी भैलोको रुप लिएको मानिन्छ ।यमपञ्चकको चौथो दिन गोरु तिहार मनाइन्छ । पौराणिक कथाअनुसार गोबर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । कृष्ण भगवान गोकुलमा गोपालहरुसंग बस्थे । गोपालहरु इन्द्रको पुजा गर्थे । इन्द्रबाट उनीहरु केही पाउँदैनथे । कृष्णले एक दिन गोकुल बासीहरुलाई केही नदिने इन्द्रको पुजा गर्नुभन्दा खनिज घाँस पानि दाउरा दिने गोबर्धन पर्वतको पुजा गर्नु राम्रो हो भन्ने सल्लाह दिए । सबै राजी भए । त्यसै शिलशिलामा भगवान कृष्णले गोबर्धन पर्वतलाई हातले उचालेर सबै गोकुल बासीहरुलाई आश्रय दिए ।त्यसैगरि किसानहरुले सालभरी अन्न उब्जाउन हलो तानी मानिसको पालनहारी भएका कारण गोरु तिहार मनाइन्छ र गोरुलाई मिठो परिकारका खाना खुवाई मालालगाई पुजा गर्ने चलन रहँदै आएको छ ।तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीया तिथिका दिन भाईटिका पर्दछ । यो पर्व दिदिले भाईलाई बहिनीले दाजुलाई अनि त्यसै गरि भाईले दिदिलाई, दाजुले बहिनीलाई विशेष मान सम्मानका साथ विधिपुर्वक पुजाआजा गर्ने मिष्ठान आदि मन पर्ने परिकार खुवाउने, दिदीबहिनीलाई दान दक्षिणा एवं बस्त्र आदि दिने चलन रहँदै आएको छ ।परापूर्वकालमा बहिनी यमुनाले दाजु यमराज यमुनाको घरमा बास बसी टिका लाएको किम्बदन्ति छ । भाई तिहारको दिन दियो कलस र गणेशको पुजा गरी यमराजको आह्वान गर्ने गरिन्छ । उक्त दिन दिदिबहिनीले दाजुभाईलाई सप्तरङ्गि टिका लगाई मखमलीको माला लगाई उक्त थालीमा रहेको ओख्खरलाई संघारमा फुटाली विभिन्न परिकारका खाना खुवाई टिका लगाइसकेपछि टिका प्रयोजनमा रहेको अमिलो कालो बस्त्र तिल र फलामको टुक्रालाई बत्ति बाली बाटोघाटोमा बिसर्जन गरिन्छ ।