नेपालमा बेरोजगारी
बेरोजगारी
विद्यमान अवस्था
- सक्रिय जनशक्तिमा योग्यता क्षमता ज्ञान सीप र काम गर्ने इच्छा हुदाहुदै पनि योग्यता अुनसारको काम र काम अनुसारको पारिश्रमिक नपाई त्यतिकै जीवन व्यथित गरिहेका अवस्थालाई वेरोजगारी भनिन्छ । वास्तवमा चाहना, क्षमता र प्रयास गर्दागर्दै पनि आय आर्जनको काम गर्न नपाउनु वेरोजगार हुनु हो ।
- नेपाल श्रमशक्ति सवेक्षण २००८ ले हप्तामा कम्तिमा १ घण्टा भन्दा कम काम गर्नेलाइ वरोजगार मानेर सर्वेक्षण गरेकोमा १५ वर्ष भन्दा माथिको उमेर समुहमा ९७।९ प्रतिशत रोजगार दर रहेको देखाएको थियो । वेरोजगारीलाई विभिन्न आधार लिई वर्गीकरण गर्न सकिने कुरा जगजाहेर नै छ । जसमध्ये केहीलाई म यहाँ प्रस्तुत गर्न चाहन्छु ।
- खुला वरोजगारीः काम गर्न तयार हुदाहुदै पनि काम नपाउने अवस्था खुला वेरोजगारी हो । वास्तवमा यो सवैभन्दा दर्दनाक अवस्था हो । रोजगारीको हाहाकार भएको अवस्था हो ।
- अदृष्य वेरोजगारीः काममा आवश्यकता भन्दा वढी मानिस संलग्न भएर श्रमिकको उत्पादकत्व न्युन भएको अवस्था हो ।
- चक्रिय वेरोजगारीः अर्थतन्त्रको चक्र घुमिरहँदा रोजगारी गुम्ने हो ।
- प्राविधिक वेरोजगारीः प्राविधिक यन्त्र वा उपकरणको प्रयोगले गर्दा श्रमिकको रोजगारी कटौती भई आइपर्ने वेरोजगारीको हो ।
- मौसमी वेरोजगारीः खेतीपाति र कृषिको क्षेत्रमा कुनै समय काम पाइने र कुनै समय काम नपाइने अवस्था नै मौसमी रोजगारी र वेरोजगारी हो ।
- स्वेच्छिक वेरोजगारीः स्वेच्छाले काम गर्न नचाहेर वेरोगजार वसेको अवस्था हो ।
- संरचनात्मक वेरोजगारीः प्रशासनिक तथा राजनितिक संरचना परिवर्तन हुँदा देखा पर्ने वेरोजगारी हो ।
- शिक्षित वेरोजगारी: स्नातकपछि पनि काम नपाई हुने वेरोजगारी हो ।
विद्यमान अवस्था
- १४ औ योजना अनुरुप बार्षिक ४ लाख ५० हजार श्रम शक्ति श्रम बजारमा थपिने गरेको छ ।
- आर्थिक रुपले सक्रिय जनसंख्याको हिस्सा वा १५–५९ वर्ष उमेर समुहको कुल श्रमशक्ति ५६।९६ प्रतिशत रहेको छ ।
- कृषिमा करिव २।३ र गैर कृषिमा १।३ श्रमशक्ति रहेको नेपालमा पूर्ण वेरोजगारी दर २।३ प्रतिशत र अर्ध वेरोजगारी दर ३० प्रतिशत रहेको छ ।
- युवा अर्धवेरोजगारी दर ३५।८ प्रतिशत रहेकोमा १० प्रतिशतमा झार्ने तथा ७५ प्रतिशत युवालाई रोजगारी सिर्जना गर्ने दिगो विकाशको लक्ष्य लिइएको छ ।
- संस्थागत रुपमा ११० भन्दा वढी देशहरुलाई वैदेशिक रोजगारीका लागि खुल्ला गरिएको छ ।
- अनौपचारिक र औपचारिक माध्यमबाट विदेशमा भएका ४३ लाख जनशक्ति मध्ये १।५ प्रतिशत दक्ष, २४ प्रतिशत अर्धदक्ष र ७४।५ प्रतिशत अदक्ष रहेको वताइएको छ ।
- आर्थिक वर्ष २०७३।७४ सम्ममा ४० लाख ३ हजार ४ सय ७४ जना कामदारले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका छन ।
- रोजगारीको मुख्य क्षेत्रको रुपमा वैदेशिक रोजगारी रहेको छ र दैनिक करिव १००० नेपाली युवा कामको खोजीमा विदेशिने गरेका छन ।
- चालु आ।व। २०७५।०७६ को पहिलो चौमासिकमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको तर विप्रेषण आय वढेको छ ।
- नेपाल रोजगारी सिर्जना गर्ने देशको सुचीमा विश्वमा १६१ औं देशमा पर्दछ ।
- नेपालमा वार्षिक रोजगारी वृद्धिदर ३ प्रतिशत मात्र रहेको छ ।